११ कार्तिक २०८३, बुधबार

संसदमा कुर्सी फुटाउने एमाओवादीका सभासद् उमेश यादव सिँचाई मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umesh-yadavकाठमाडौं, १ कात्तिक । गत वर्षको माघ ५ गते तत्कालिन संविधानसभामा भएको तोडफोडमा संलग्न एकीकृत नेकपा माओवादीका सभासद उमेश यादवले उपहारमा सिँचाई मन्त्रालय पाएका छन् ।

उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उपहारमा सिँचाई मन्त्रालय दिएको हो । हुने खाने देशमा कुर्सी फुटाउने सांसदलाई तत्कालै निलम्बन गरी अभियोग लगाउने व्यवस्था रहेपनि नेपालमा भने उल्टै उपहार स्वरुप मन्त्री बनाइएको छ ।

माघ ५ गते संविधान निर्माण प्रक्रियाको विरोधमा एमाओवादी र ३० दलीय मोर्चाले संसदमा तोडफोड गरी बहिष्कार गरेका थिए । जसमा एमाओवादीका सभासद उमेश यादव प्रमुख भुमिकामा थिए । उनले नै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कुर्सीले हान्न खोजेका थिए । आज उनै यादव ओली सरकारको मन्त्री बनेका छन् ।