११ कार्तिक २०८३, बुधबार

पहिलो महिला सभामुख घर्तीद्वारा शपथ ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-Ghartiकाठमाडौँ, १ कात्तिक । राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति डा. यादवले सभामुख घर्तीलाई शपथ खुवाउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु सहभागी हुनुहुन्थ्यो ।

व्यवस्थापिका–संसद्ले गत असोज २९ गते सभामुखमा घर्तीलाई निर्वाचित गरेको थियो । घर्ती एकीकृत नेकपा (माओवादी)का तर्फबाट रोल्पा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । रासस