६ कार्तिक २०८३, शुक्रबार

भूकम्पपीडितले २ लाख पाउने !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaकाठमाडौं । सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान–ऋणको कार्यविधि तयार गरेको छ । सहरी विकास मन्त्रालयले बनाएको ‘भूकम्पबाट पूर्ण रुपमा क्षति भएका आवास पुननिर्माण अनुदान सहायता प्रवाह कार्यविधि २०७२’ मन्त्रिपरिषद्ले पास गरेको हो ।

कार्यविधिअनुसार पीडितले सरकारी सहयोग चार किस्तामा पाउनेछन् । सरकारले यसअघि भूकम्पपीडितलाई २ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । त्यस्तै गाउँमा १५ लाख र सहरी क्षेत्रमा २५ लाख रुपैयाँ र २ प्रतिशत व्याजमा सहुलियतपूर्ण ऋण दिने भनेको थियो । अब सहुलियतपूर्ण ऋण लिनेले २ लाख रुपैयाँ सहायता नपाउने भएका छन् । सहुलियत ऋण वा दुई लाख अनुदानमध्ये एउटा रोज्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।