चितवन, १ कात्तिक । पूर्वी चितवनको खैरहनीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
अन्य चारजना घाइते भएका छन् । तीनजनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका– २ बस्ने एम्बुलेन्स चालक टङ्कबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गएराति भएको दुर्घटनामा घाइते भएका चारजनाको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेहरुमा खैरहनी– ४ का कुलबहादुर घले, प्रदीप घले र सन्दिप घले रहेको प्रहरीले जनाएको छ ।
उमा घलेको अवस्था भने सामान्य छ । प्रदीप घलेलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सो दुर्घटना भएको हो ।
पूर्व चितवनबाट भरतपुरतर्फ आउँदै गरेको ना२च ६४५४ नंको एक्बुलेन्स र विपरीत दिशाबाट गइरहेको ना५ख ४१६३ नंको बस एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । रासस















प्रतिक्रिया