६ कार्तिक २०८३, शुक्रबार

एमालेले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-nepalकाठमाडौं, १ कात्तिक । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री निर्वाचनमा ‘भद्र सहमति’ तोडेर गल्ती गरेको स्वीकारे कांग्रेसलाई राष्ट्रपति दिन सकिने संकेत गरेका छन् ।

उनले राष्ट्रपति पदको नाम नलिईकन ‘चाहेको ओहोदा’ दिन सकिने भन्दै त्यसतर्फ संकेत गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

कांग्रेसले राष्ट्रपतिमा इच्छा देखाइरहेका बेला सत्तारूढ प्रमुख दलका प्रभावशाली नेता नेपालबाट यस्तो धारणा आएको हो ।

एमाले कागेश्वरी मनोहरा १३ नगर कमिटीले शनिबार गरेको शुभकामना कार्यक्रममा नेता नेपालले कांग्रेस सरकारमा समेत सहभागी हुन तयार हुनुपर्ने सर्त अघि सारे ।

‘कांग्रेसले हिजो भद्र सहमति उल्लंघन गरेर विश्वासघात गरे पनि विगतको कमजोरी स्वीकारेर सरकारमा आउन सक्छ, त्यसो हुँदा उसले चाहेको ओहदा दिन सकिन्छ,’ नेपालले भने ।

कांग्रेसले गल्ती गरे पनि राजनीतिलाई सहज रूपमा अघि बढाउन उदार रूपले प्रस्तुत हुनुपर्ने धारणा एमालेभित्र केही नेताहरूले राखिरहेका छन् ।