काठमाडौं । प्रधानमन्त्रीको निर्वाचनमा सहमति तोडेका प्रमुख राजनीतिक दलहरू पुनः सहमतिकै बाटोमा फर्किएका छन् ।
सभामुख र उपसभामुखको निर्वाचनमा प्रमुख दलहरू कांग्रेस, एमाले, एमाओवादी एकै ठाउँमा उभिएर पुनः सहमतिको बाटामा फर्किएका हुन् । प्रधानमन्त्री निर्वाचनमा सहमति तोडेको कांग्रेसले सभामुख, उपसभामुखको निर्वाचनमा भने सत्तारूढ दलको तर्फबाट उम्मेदवार बनाइएका एमाओवादी र राप्रपा नेपालका उम्मेदवारलाई समर्थन गरेको छ ।
गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका कांग्रेस, एमाले एमाओवादीले शुक्रबार भएको सभामुख र उपसभामुखको निर्वाचनमा एकै उम्मेदवारलाई समर्थन गरी सहमतिको बाटोमा हिँडेका हुन् ।राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया