११ कार्तिक २०८३, बुधबार

नेपाल-भारत नाका औपचारिक रुपमै बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SSbबर्दिया, ३० असोज । तीन हप्तादेखिको अघोषित नाकाबन्दीकाबीच नेपाल–भारत सीमा शुक्रबार रातिबाट औपचारिक रुपमै बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा चलिरहेको चुनावलाई मध्यनजर गर्दै बर्दियासँग जोडिएको नेपाल–भारत सीमा नाका सील गरिएको हो ।

शनिबार आज भारतको उत्तरप्रदेश राज्य बहराईच जिल्लामा ग्राम पञ्चायतको निर्वाचन भइरहेको छ । सो निर्वाचनको सुरक्षाका लागि सीमा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले जानकारी दिनुभयो ।

दुवै देशका अधिकारीको सहमतिमा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि सीमा सिल गरिएको उहाँले बताउनुभयो ।