१ कार्तिक २०८३, शनिबार

उपसभामुखज्यू ११ दिन कैद र ११ सय जरिवाना कहिले तिर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गंगाप्रसाद यादव

नवनिर्वाचित उपसभामुख यादव फरार सूचीमा

०४६ सालभन्दा अगाडि पञ्चायती व्यवस्थाका बेला आफ्नो छिमेकीलाई कुटपिट गरेको अभियोगमा यादवले जिल्ला अदालत सप्तरीबाट एघार दिन कैद सजाय र एघार सय रुपियाँ जरिवाना पाएका थिए । यादवले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन राजविराज हुँदै सर्वोच्च अदालतसम्म पुर्‍याएका पनि थिए । तर सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरिदिएको थियो । सर्वोच्चको फैसलापछि फरार रहेका यादव अहिले पनि फरार सूचीमा छन् । फरार सूचीमा रहेका यादवलाई कारबाहीको माग राखेर पीडित पक्षले केही महिना अगाडि राजविराजमा पत्रकार सम्मेलन गरेर सर्वोच्चको फैसला कार्यान्वयन गर्न माग गरेका थिए । तर पीडित पक्षको मागको सुनुवाई कसैले गरेको छैन ।