१ कार्तिक २०८३, शनिबार

दसैँमा स्वदेश जान नपाउँदा……..

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Srijana Lama ji

गायिका सिर्जना लामा, न्युयोर्क

म जस्तै परदेशिएकाहरू रहरले वा बाध्यताले २० वर्षसम्म परिवारसँग छुट्टिएर यो दसैँजस्तो ठूलो पर्व परिवार बेगर नै कसरी मनाइयो होला ? दसैंको टीका लगाउने हो भने सायद पति नेपालमै वा पत्नी विदेशमा यसरी एक्लाएक्लै मनाइएको राष्ट्रिय पर्व दसैँको अनुभूति कसरी गर्न सक्ला ? पतिपत्नीको परिस्थिति, वेदना आदि कुराहरू फोनबाट नै मात्र कसरी अवगत गर्न सकिन्छ ? सन्तानको आवश्यकतालाई पनि पर सारेर आखिर पैसामै सबै कुरो कैद बनाइएको सायद यस्तै प्रत्याभुति विदेसिएका सबैजनालाई पक्कै पनि पर्छ होला । यसरी पारिवारिक जीवनबाट टाढिएर प्रवासमा बस्न देशको परिस्थितिले बाध्य बनाएको छ । छोराछोरीले दसैँको बेला बाबा खै कहिले आउनुहुन्छ भन्ने प्रश्नको उत्तर आमाको आाशु बाहेक अरु के हुन सक्छ र ?