१ कार्तिक २०८३, शनिबार

सरकारद्वारा मधेसी र थारु मोर्चालाई पत्राचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत मधेसी र थारु मोर्चामा आबद्ध विभिन्न दललाई वार्ताबाट समस्याको समाधान गर्नका लागि पत्राचार गर्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवलगायतलाई पत्राचार गर्नुभएको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले यी दलसँग वार्ताको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो ।

नयाँ संविधानमा असन्तुष्ट यी दलको आन्दोलन र छिमेकी भारतको अघोषित नाकाबन्दीका कारण मुलुकले पेट्रोलियम पदार्थको अभाव खेपिरहेको छ ।