काठमाडौं, ३० असोज । सधैजसो फुर्तिलो र हसिलो अनुहारमा देखिने नेपाल राष्ट्रिय टीमका गोलरक्षक रितेश थापा शुक्रबार उदास र खिन्न मुद्रामा देखिन्थे ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालसँग कुरा गर्दा आफूले जिन्दगीमा ठूलो गल्ती गरेको उनले स्वीकार गरे ।
कान्तिपुर दैनिक अगाडि लेख्छ, उनी भन्छन् यस्तो गल्ती त कहिले होलाजस्तो पनि सोचेको थिईन। खेल मिलेमतो गरेपछिको पैसा पठाइदिन्थे, लिएँ । कहाँ कसरी आयो भन्ने समेत सोधखोज गरिन, उनी भन्छन् जवानीमा पैसा चाहिन्थ्यो, जति आउँथ्यो खर्चन्थे ।
रकम थोरै तर नियमित आउने गरेको उनले बताए । खातामा करिव ३ हजार डलर पठाइदिएपछि दामासायीले अन्य साथीलाई समेत बाँडेको उनले बताए । मैले त्यो पैसाको सुदुपयोग गरेँ, विवाह गरे ।















प्रतिक्रिया