५ कार्तिक २०८३, बिहिबार

ओलीलाई पहिलो गासमा ढुङ्गा, मन्त्री बन्न ओली निवासमा भीड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौं, ३० असोज । पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएको ६ दिनसम्म पनि एमालेले बाँकी मन्त्रीहरूको टुंगो लगाउन सकेको छैन ।

पार्टीमा संस्थागत रूपमा छलफल र निर्णय नगरी प्रधानमन्त्री ओलीले एमालेबाट तीनजनालाई मन्त्री नियुक्त गरे पनि अरू मन्त्रीबारे सामान्य छलफलसमेत नहुँदा मन्त्रीका आकांक्षीहरूको पार्टी शीर्ष नेताहरूको निवासमा भीड लाग्न थालेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

कांग्रेस नेतृत्वको अघिल्लो सरकारमा संस्थागत निर्णय नगरी मन्त्री पठाउने र फेर्ने गरेका कारण पार्टीभित्रैबाट आलोचित ओलीलाई यसपटक पहिलो गाँसमै ढुंगा लागेको छ ।

अनौपचारिक छलफलमा पार्टीका शीर्ष नेताले विरोध गर्दागर्दै अग्नि खरेललाई मन्त्री बनाएका कारण सुरु भएको ओलीको आलोचना उनी प्रधानमन्त्री भएपछि बिहीबार पहिलोपटक बसेको स्थायी समिति बैठकमा पनि रोकिएन ।

उपमहासचिव घनश्याम भुसालले मन्त्री चयन विधिप्रति असहमति प्रकट गर्दै मन्त्री नियुक्तिको निर्णय अनुमोदन नगर्न रिजर्भेसन राखे ।

उक्त निर्णयको अनुमोदन होइन, मन्त्री हुने साथीहरूलाई धन्यवाद दिने निर्णय गरौँ भन्ने भुसालको भनाइ रहेको बैठकमा सहभागी एक सहभागीले बताए ।

बैठकमा मन्त्री र मन्त्रालयको बाँडफाँडको विषयमा कुरै उठेन । मन्त्री बनाउनुअघि निश्चित मापदण्ड बनाउनुपर्नेमा बैठक केन्द्रित भएको थियो ।

स्रोतका अनुसार एमालेले नौवटा मन्त्रालय पाउनेछ । कानुन, उद्योग र अहिलेलाई विनाविभागीय गरी तीन मन्त्रीको टुंगो लगाइसकेको छ ।