१ कार्तिक २०८३, शनिबार

पार्टी फुट्ने डरले प्रचण्ड पछि हटे, रातारात के-के एमाओवादीमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, २९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा आफ्ना मन्त्री छान्न एकीकृत नेकपा माओवादीले अझै सकेको छैन् ।

त्यसै क्रममा शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाओवादीबाट महासचिव कृष्णबहादुर महरालाई सरकारको नेतृत्वमा पठाउने निर्णयबाट ‘ब्याक’ भएका छन् ।

उनले महरालाई उपप्रधानमन्त्री बनाएर सरकारमा पठाउने निर्णय बाबुराम भट्टराई पक्षका नेताको चेतावनीपछि फिर्ता लिएको एमाओवादीका एक नेताले बताए । ती नेताका अनुसार प्रचण्ड अब बाबुराम पक्षीय नेता एवं पार्टी सचिव टोपबहादुर रायमाझीलाई उपप्रधानमन्त्री बनाएर सरकारको नेतृत्वको जिम्मेवारी दिने निचोडमा पुगेका छन् ।

यसअघि एमाओवादीले बिहीबार मात्र महराको नेतृत्वमा सरकारमा जाने निर्णय गर्दै मन्त्री छान्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । तर, बाबुराम पक्षीय नेताहरुले टोपबहादुरलाई सरकारमा नेतृत्व नदिए पार्टीबाट अलग हुने चेतावनी दिएपछि महरालाई रोक्दै प्रचण्ड रातारात पछि हटेका हुन् । यद्यपी औपचारिक टुङ्गो शनिबार मात्रै लाग्ने बताइएको छ । अन्य मन्त्रीहरुको टुङ्गो पनि भोली नै लाग्ने एमाओवादीले जनाएको छ ।