काठमाडौँ । नेकपा-माओवादी स्थायी समिति सदस्य कुलप्रसाद केसी ‘सोनाम’ले मुलुकको स्वाभिमान संकटमा परेको बताउँदै यसको रक्षाको लागि कन्टेनरमा थन्क्याएको हतियार निस्कन सक्ने चेतावनी दिएका छन् ।
राजधानीमा बिहिबार निमकान्त पाण्डे प्रधानसम्पादक रहेको स्वाभिमान नेपाल राष्ट्रिय मासिक पत्रिकाको विमोचन कार्यक्रममा बोल्दै उनले कन्टनरमा सजाइएका बन्दुकले राष्ट्रियता खोजिरहेको जिकिर समेत उनले गरे । ‘मुलुकको राष्ट्रियता र स्वाभिमान जरै देखि बलियो बनाउन हामिले सबै नागरिकलाई सैनिक तालिम दिनु पर्ने कुरा बताउँदा संसद वादी दलहरुले त्यसलाई सैनीकीकरणको आरोप लगाएाक थिए’, उनले भने ‘अहिलेको अवस्थामा त्यो व्यवस्थाले सकरात्मक भुमिका खेल्न सक्ने थियो भन्ने विश्वास लिएका छौँ ।’
एमाले सांसद रविन्द्र अधिकारीले स्वाधीन अर्थचन्त्र विकास, आत्मनिर्भरता बनाउन नसकेसम्म स्वाधीनताको कुरा गफबाहेक केही नहुने टिप्पणी गरे । राजधानी दैनिकमा खबर छ ।















प्रतिक्रिया