५ कार्तिक २०८३, बिहिबार

नेपाल छिर्न लागेका भारतीय आतंकवादी बीरगञ्जमाा समातिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarवीरगञ्ज । वीरगञ्जस्थत नेपाल–भारत सीमा नाकाबाट भारतीय सुरक्षाकर्मीले आतंकवादीको आशंकामा दुईजना पाकिस्तानी र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल हुँदै भारत प्रवेश गर्न लागेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीको सहयोगमा भारतीय प्रहरीले तीनैजनालाइ बुधबार बेलुका पक्राउ गरेको हो । वीरगञ्ज सीमा जोडिएको सीमावर्ती भारतीय सहर रक्सौल प्रवेश गर्ने क्रममा उनीहरु पक्राउ परेको रक्सौल प्रहरी थानाका इन्स्पेक्टर राजेश्वर प्रसादले बताए ।

पक्राउ पर्नेमा पाकिस्तानको स्वामित्वमा रहेको कासिमरको मुजफराबादका ४५ बर्षिय पिर महम्मद जाँगिर, उनकी पत्नी ३८ बर्षिया वासाम हामिद र भारत बिहारको मुजफ्फरपुरकोमोतीपुर थाना कटहियाका ४० बर्षिय महम्मद जासिम छन् । अन्नपुर्णपोष्ट दैनिकमा खबर छ ।