५ कार्तिक २०८३, बिहिबार

एमालेबाट को को मन्त्री बन्दैछन् ? यसरी भयो अग्निको बिरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-new-officeकाठमाडौं, २९ असोज । सत्तारुढ प्रमुख दलमा आन्तरिक खिचलो बढ्दा मन्त्रिपरिषद्ले पूर्ण पाउन समय लाग्ने देखिएको छ ।

केही शक्तिशाली मन्त्रालय भागबन्डा मिलेपनि दलहरुबीच अन्य मन्त्रालयको जिम्मेवारी बाँटफाँट अझै टुंगो नलागेको नागरिक दैनिकले छापेको छ ।

एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुलाई अन्य राजनीतिक दलसँग छलफल गरेर अन्तिम निर्णय लिने जिम्मेवारी दिएपनि छलफललले अन्तिम रुप पाउन सकेको छैन् ।

एमालेबाट मन्त्री बन्नेमा सूचीमा पशुपति चौलागाइँ, शेरधन राई, शेरबहादुर तामाङ, प्रकाश ज्वाला, रबिन्द्र अधिकारी, भानुभत्तः ढकाल र बिनोद श्रेष्ठ लगायत छन् ।

यसैबीच अग्नि खरेललाई मन्त्री बनाइएको भन्दै एमालेमा असन्तुष्टि बढेको छ ।