५ कार्तिक २०८३, बिहिबार

आफ्नै सभासद र नेताका अगाडि किन रोए राजेन्द्र महतो ? यसरी हारेका थिए मोर्चाका नेतासँग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-mahato-1काठमाडौं । ‘ए बाबा, सुशीलले कुनै हालतमा जित्दैनन्, मेरा सांसदहरुले राजीनामा दिएका छन् । हामीलाई छाडिदिनुस, लानैपर्ने भए उपेन्द्र र महन्तलाई भोट हाल्न लानुस ।’ संधैको दाताले सुशीलको पक्षमा मतदानका निम्ति चर्को दवाव दिएपछि राजेन्द्र महतो यसरी गिड्गिडाए, ‘उसोभए राजीनामा दिएका लक्ष्मणलाल कर्ण, विमल केडिया र मेर श्रीमती शैलकुमारी महतोलाई लानुस तर राजीनामा दिन बाँकी २ जनालाई छाडिदिनुस् ।’ विचराले यसो भन्दा पनि सुख पाएनन् ।

रुखो स्वरमा भनियो ‘हैन, हामि कमिटेड भइसकेका छौँ, तपाईंहरु जानै पर्छ ।’ यसरी मधेसी दल आफ्नो मुठ्ठीमा भएको व्यहोरा दक्षिणले प्रमाणित गराई छाड्यो । तमलोपा महामन्त्री जितेन्द्र सोनल पनि आइतबार बिहान ११ बजेसम्म भन्दै थिए, ‘हेर्दै जानुहोला, हामी तटस्थ बस्छौँ, नजित्ने मान्छेलाई कसले भोट हाल्छ ?’ तर, उनको अडान तुहिन आधा घण्टा पनि लागने । सर्वेन्द्रनाथ शुक्ला त झन सुरुदेखि नै  पावरमा नाजुपर्छ भन्ने सोचाइका मानिस, उनको पनि दाल गलेन ।

दुई साताअघि बिहीबार देखि राजधानीमा डेरा जमाएका र बचिमा एक खेप दिल्ली पुगेर फर्किएका ‘र’का पुर्व उपप्रमुख एबि माथुर हिजोसम्म पनि यतै थिए । मधेसी दल उतैका गोटी हुन् भन्ने छाप यसपटक राम्रै सँग पुष्टि भयो । ती सबै दललाई चाहेअनुरुप नै सुशील क्याम्पमा हुलियो । उपेन्द्र यादवले नमान्लान् कि भन्ने डर थियो तर सबभन्दा पहिला सुशीलको पक्षमा मत्दान गर्न उनै तयार भए ।

संसदबाट बिच्किएर हिँडेपछि सधंँका लागि बाहिर परिन्छ कि भन्ने आशंका रहेछ, त्यसैले उनलाई सेफल्याढिडङका लागि यो एउटा राम्रै बाहाना बन्न पुगे । विजय गच्छदारले बरु सत्ताकै निमित्त भए पनि अडान लिए तर राजेन्द्र महतोलाई दायाँ– बायाँ ढिम्कनै दिइएन ।जनआस्था साप्ताहिकमा खबर छ ।