५ कार्तिक २०८३, बिहिबार

भारतले फेरि नेपालीहरूलाई धोका दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian Oil Corporatationकाठमाडौं, २८ असोज । भारतीय आयल कर्पोरेशन्स (आईओसी)ले इन्धन लोडिङमा पुनः कटौती गरेको छ ।

निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार आईओसीले इन्धन लिन भारत पुगेका ट्याङकरमध्ये अधिकाशलाई इन्धन नदिएको कान्तिपुर दैनिकले छापेको छ ।

‘आईओसीले इन्धन दिन बोलाएको थियो । सोही अनुसार ट्याङ्कर पनि पठाएका थियौं,’ भटराईले भने, ‘तर, प्रयाप्त मात्रामा लोड दिएन । झुक्याउने काम मात्रै भयो ।’

उनका अनुसार बुधबार सिलगुडीमा १७ ट्याङकर इन्धन लिन गएका थिए । सिलगुडीमा ६ ट्याङकरलाई मात्रै लोड दिएको छ ।

बरौनीमा ४० ट्याङकर गएका थिए । ४० मध्ये २१ वटालाई लोड दिइएको छ । बेतालपुर नाकामा ३८ ट्याङ्कर गएका थिए ।

तीमध्ये ७ वटामा मात्रै लोडिङ दिइएको जनाएको छ । गोण्डामा १९ मध्ये १४ लार्इ, मथुरामा १२ मध्ये ७ ले तेल पाएका छन् ।

रक्सौलमा ६३ ट्याङ्कर छन् । ती ट्याङ्करलाई इन्धन लोड दिइएन । ‘बिना जानकारी इन्धनमा कटौती गर्दा हामीलाई समस्या भएको छ ।