२२ कार्तिक २०८३, आइतबार

भारतले फेरि रोक्यो तेल, नेपाली ट्यांकर अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil Nepal Tankarकाठमाडौं, २७ असोज । मंगलबार चाहिएजति तेल दिएको भारतले बुधबार तेलमा भारी कटौती गरेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले बुधबार नेपाली ट्यांकरलाई १० प्रतिशत मात्रै तेल भर्न दिएको नेपाल आयल निगमले जनाएको छ । आयल निगमका प्रवक्ता दीपक बरालले आईओसीले आफ्ना डिपोहरुमा पुगेको १० प्रतिशत नेपाली ट्यांकरमा मात्रै तेल दिएको जानकारी दिनुभयो ।

शनिबार मात्रै भारतले चाहिने जति दिन आफूहरु तयार रहेको भन्दै निगमका अधिकारीलाई तेल लिन बोलाएको थियो । आइतबार सोमबार र मंगलबार मागअनुसार तेल दिएको भारतले बुधबार फेरि एकाएक तेल कटौती गरेको प्रवक्ता बरालले बताउनुभयो । बुधबार झण्डै डेढ सयको संख्यामा आईओसीको डीपोमा पुगेका नेपाली ट्यांकरमध्ये १० प्रतिशतलाई मात्र भारतले तेल दिएको छ ।

तेल भर्नका लागि बुधबार भारतको सिलगुढी, बरौनी, बैतालपुर, गोन्डा र वनथराको आईओसी डिपोमा ट्यकंर पुगेका थिए । तर, आईओसीले फेरि तेल न्युन परिमाणमा दिन सुरु गरेको हो ।

आईओसीले तेल भर्न नदिएपछि नेपाली ट्यांकरहरु भारतीय डिपोमा अलपत्र परेका छन् । अघोषित नाकाबन्दीका कारण दुई हप्तादेखि नेपालले नियमित रुपमा तेल पाउन सकेको छैन् ।