२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओली र उपराष्ट्रपति झाबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-jha-1
काठमाडौँ, २७ असोज । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज उपराष्ट्रपति परमानन्द झासँग शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपति भवन बहादुरभवनमा भएको सो भेटमा नयाँ सरकारले संविधानप्रति असन्तुष्ट आन्दोलनरत तराई मधेस केन्द्रित दललाई वार्ताका लागि आह्वान गरेको र अन्य दलसँग समन्वय गरी सरकार सञ्चालन गर्न लागेको विषयमा प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको थियो ।

सो अवसरका उपराष्ट्रपति झाले ओलीको सफल कार्यकालका लागि शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही असोज २४ गते निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले उपराष्ट्रपति झालाई पहिलोपटक भेट गर्नुभएको हो ।

उहाँले मङ्गलबार राष्ट्रपति डा रामवरण यादवलाई शिष्टाचार भेट गर्नुभएको थियो । रासस