५ कार्तिक २०८३, बिहिबार

भाडाको कोखबाट जन्मेका पाँच सय बालबालिकाको बिचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garva mahilaकाठमाडौं, २७ असोज । सर्वोच्च अदालतले सरोगेट मदरमार्फत बच्चा जन्माउन र कारोबार गर्न रोक लगाएपनि अमेरिका र बेलायतसहित ५ वटा मुलुकले त्यस्ता बच्चा लैजान सरकारलाई दबाब दिएका छन् ।

नेपालस्थित अमेरिका, अष्ट्रेलिया, इजरायल र बेलायती दूतावासका प्रतिनिधिले संयुक्त रुपमा नेपाल सरकारले भाडाका आमाबाट जन्मेका बालबालिका विदेश लैजान एक्जिट भिसा रोकेको भन्दै आपत्ति जनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सरोगेसीमार्फत जन्मिएका बालबालिका र उनीहरुका आमाबाुले नेपालमा कुनै खालको कानुन उल्लघंन नगरेको दाबीसहित निशर्त सम्बन्धित विदेशी मुलुकमा जान दिइनुपर्ने भनाइ दूतावासहरुको छ।