– सुदिप निउरे
क्वालालम्पुर । मलेसियामा रहेका अबैधानिक कामदारलाई घर फर्काउन एक निजी सस्थासंग गरिएको साझेदारी राजदूतावासले रद्ध गरेको छ ।
मलेसियाको अद्यागमन बिभागका पुर्ब कर्मचारीहरुको संगठन कोपरासी ईमिग्रेशन बरहार्डसंगको सहकार्य बन्द गरिएको राजदूतावासद्धारा जारी सूचनामा उल्लेख छ ।
अबैधानिक कामदारलाई नेपाल फर्काउन पूर्व सहमति बमोजिम १२ सय ८० रिंगेट लिंदै आएको कोपरासीले हवाईभाडा बृद्धि भएको भन्दै २ सय रिंगेट थपगरि १४ सय ८० बनाएपछि राजदूतावासले सहकार्य बन्द गरेको हो ।
यसअघि एकतर्फी हवाई टिकट, अध्यागमनको जरिवाना,बिमा, आतेजाते परिबहन लगायतगरि १२ सय ८० रिंगेट शुल्क तय गरिएको थियो । राजदूतावासले उपलब्ध गराउने यात्रा अनुमति पत्रका लागी १ सय ६० रिंगेट र कोपरासीले लिन थालेको १४ सय ८० रिंगेट गर्दा घर फर्किने अबैधानिक नेपाली कामदार मर्कामा परेका थिए ।
नेपाली कामदारको हितलाई दृष्टिगत गरी कोपरासीले बढाएको शुल्कमा सहमत हुन नसकिएको जारी सूचनामा जनाईएको छ । अब कोही अबैधानिक कामदार घर फर्किन चाहेका सिधा आफ्नो सम्पर्कमा आई काम गर्न राजदूतावासले सबैमा आग्रह गरेको छ ।
दूतावासबाट यात्रा अनुमतिपत्र लिएका कामदार हवाई टिकटका साथमा मलेसियाको ईमिग्रेशनमा गई चेकआउट मेमो प्राप्त गरी नेपाल फर्कीन सक्ने छन् ।
















प्रतिक्रिया