काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको सफल शल्यक्रिया गरिएको छ ।
भारतको राजधानी नयाँ दिल्लीस्थित एपालो हस्पिटलमा उपचारत नेता खड्काको सोमबार मृगौलाको सफल शल्यक्रिया गरिएको हो । खड्का नजिकका नेपाल विद्यार्थी संघका नेता हरिश भण्डारीले दिल्लीमा मृगौलाको सफल शल्यक्रिया सम्पन्न भएको जानकारी दिनुभयो ।
मृगौलामा समस्या देखिएपछि नेता खड्का महिनादिन अगाडि उपचारका लागि दिल्ली जानुभएको थियो । शल्यक्रिया पछि खड्काको स्वास्थ्य स्थितिमा सुधार आइरहेको कुरा डाक्टरले जानकारी दिएको विद्यार्थी नेता भण्डारीले बताउनुभयो ।












प्रतिक्रिया