२२ कार्तिक २०८३, आइतबार

दाङ र कपिलवस्तुको सिमानामा बस दुर्घटना, दुई जनाको मृत्यु, २५ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  • दशरथ घिमिरे

देउखुरी, २६ असोज । दाङ र कपिलवस्तु जिल्लाको सिमानामा खचाखच यात्रु बोकेको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

काठमाडौंदेखि धनगढी जाँदै गरेको ना ५ ख २६१० नम्वरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नंं १ दोबाटोमा आज बिहान सवा चार बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बर्दिया पुर्नबास नगरपालिका वडा नंं ३ निवासी ३० वर्षीय शेरबहादुर कुँवर र सोही जिल्लाको नेउलापुर निवासी नेपाली सेना सूर्यदल गणमा कार्यरत मुकुन्द थापाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी ज्वालामाई गण भालुवाङ्गले जानकारी दिएको छ ।

तीव्र गतिका कारण बस अनियन्त्रित भइ सडकदेखि २० मिटर तल खसेको प्रहरी भनाइ छ । दुर्घटनामा परी घाइते भएका २५ जनाको सञ्जीवनी मेडिकल कपिलवस्तु र अन्यको बुटवलमा उपचार भैरहेको छ ।