५ कार्तिक २०८३, बिहिबार

एमाओवादीले राष्ट्रपति पद नलिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-headquqterकाठमाडौं, २६ असोज । एमाओवादीले सभामुख र उपराष्ट्रपति आफूले लिने गरी एमालेसँग सहमति भएको जनाएको छ । यसका साथै उपप्रधान र गृहसहित कम्तीमा ८ मन्त्रालय लिने सहमति भएको सचिव वर्षमान पुनले जानकारी दिए ।

एमाओवादीबाट कृषिमन्त्रीका रुपमा हरिबोल गजुरेलले सोमबारै सपथ लिइसकेको कान्तिपुर दैनिकले छापेको छ ।

कृषि र गृहबाहेक एमाओवादीले अरु कुनकुन मन्त्रालय पाउने भन्ने टुंगो भइसकेको छैन ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता समीकरणबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल सोमबार बालकोट पुगे पनि अन्य मन्त्रालयबारे टुंगो लागिसकेको छैन । मन्त्रालयबारे मंगलबार छलफल गरी टुंगो लगाउने सहमति भएको छ ।

सभामुखमा एमाओवादीले महासचिव कृष्णबहादुर महरालाई अघि बढाउने स्रोतले बतायो । यसअघि राष्ट्रपतिको दाबी गरिरहेको एमाओवादी सभामुख र उपराष्ट्रपति लिन सहमत भएको हो ।

उपराष्ट्रपतिको उम्मेदवारबारे भने टुंगो लागिसकेको छैन । ‘राष्ट्रपति को बन्छ, त्यसआधारमा उपराष्ट्रपतिको टुंगो गरिनेछ । राष्ट्रपति पुरुष भए उपराष्ट्रपतिमा महिला उम्मेदवार दिनुपर्‍यो । समावेशी पनि बनाउनुपर्‍यो, त्यसैले पछि तय गरिन्छ,’ एक शीर्ष नेताले भने ।