काठमाडौं, २५ असोज । नेपालको सबैभन्दा ठूलो मोबाइल हबकोरुपमा स्थापना भएको ललितपुरस्थित संचयकोष भवन, लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर दशैं तिहारको बहार, मोबाइल खरिदमा उपहारै उपहार योजना ल्याएको छ ।
कम्प्लेक्सले दशैं तथा तिहारको बहार योजनामा आफ्ना मोबाइल खरिदकर्ताहरुका लागि हात खाली नहुने उपहारहरु प्रदान गर्ने जनाएको छ । कम्प्लेक्सले यस योजनाअनुसार कुनै पनि स्मार्टफोन खरिदमा ग्राहकहरुले विभिन्न उपहारहरु प्राप्त गर्ने जनाएको छ ।
योजनामा हरेक स्मार्टफोनको खरिदमा हात खालि नजाने उपहार अन्तरगत मोबाइल कभर, स्क्रीन गार्ड, पावरब्यांक, ८ जीबीको मेमोरी कार्ड, ब्लूटूथ स्पीकर तथा टिसर्टमध्ये कुनै एउटा उपहार प्राप्त गर्नेछन् । यस योजनामा ग्राहकहरुले कुनैपनि ब्राण्डको स्मार्टफोन खरिद गरेर सहभागि हुनसक्ने कम्प्लेक्सले जानकारी दिएको छ ।
त्यसैगरी कम्प्लेक्सले सामसुंग, हुवावेलगायत अन्य मोबाइल ब्राण्डले संचालन गरेको योजनालाई पनि कायमै राखेको छ । कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले विभिन्न ब्राण्डका मोबाइलहरुको ग्राहक योजनाका साथै दशैं तिहारको अवसर पारेर थप उपहार योजना संचालन गरेको जानकारी दिए । ग्राहकहरुले रुचीअनुसार उत्सवको अवसरमा मोबाइल खरिद गर्दा विभिन्न हात खाली नहुने उपहार छान्न सकिने उनले बताए ।
कम्प्लेक्सले उपहार योजनाका साथै नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुममा हरेक मोबाइलको खरिद, एसेसरिजको खरिद तथा रिपेयर सर्भिसमा अधिकतम ७० प्रतिशतसम्मको छुटको व्यवस्था मिलाएको छ ।
कम्प्लेक्समा सामसुंग स्मार्टफोन खरिद गर्दा कम्पनीको तर्फबाट बम्पर पुरस्कारमा कार प्राप्त गर्ने तथा हुवावेको स्मार्टफोन खरिद गर्दा बम्पर पुरस्कारमा रोयल ईन्फिल्ड मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । हुवावेको जी प्ले मिनी स्मार्टफोन खरिदमा भने चार हजार रुपैयाँ बराबरको पावरब्यांक तत्काल निशुल्क प्राप्त गर्न सकिनेछ ।
यसअघि ललितपुर मोबाइल कम्प्लेक्सबाट नै मोबाइल खरिद गरेका काठमाडौं निवासी उत्तम गैंडेले सामसुंग मोबाइलको उपहार योजनाअन्तरगत बजाज पल्सर मोटरसाइकल उपहार प्राप्त गरिसकेका छन् । उनले कम्प्लेक्सबाट नै सामसुंगको स्मार्टफोन खरिद गरेका थिए ।
कम्पनीले यसअघि नै नेपालमा पहिलो पटक एसएमएसमार्फत मोबाइलको बारेमा जानकारी पाउने सेवा संचालनमा ल्याईसकेको छ । यो सेवाबाट ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको बारेमा मूल्यसहितको जानकारी थाहा पाउन मेसेज बक्समा मोबाइलको ब्राण्ड नेमको पहिलो तीन अक्षर टाइप गरी स्पेस(खाली ठाउँ) र मोडल नम्बर टाइप गरी ३२३३ मा एसएमएस गर्नुपर्ने हुन्छ ।















प्रतिक्रिया