२२ कार्तिक २०८३, आइतबार

नाकाबन्दीबारे भारतसँग वार्ता गर्न उपप्रधानमन्त्री कमल थापालाई जिम्मेवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-thapaकाठमाडौं, २५ असोज । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग वार्ता गर्ने जिम्मेवारी पाउनुभएको छ ।

सोमबार गठन भएको मन्त्रिपरिषदले आपूर्ति व्यवस्था सहज बनाउन भारतसँग वार्ता गर्ने जिम्मेवारी उपप्रधानमन्त्री थापालाई सुम्पेको हो ।

यसअघि सुशील कोइराला नेतृत्वको सरकारले तात्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

मन्त्रिपरिषदको पहिलो बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता समेत रहेका कानुनमन्त्री अग्नि खरेलले भारतसँग वार्ता गरी आपूर्ति व्यवस्था सहज बनाउन परराष्ट्रमन्त्री थापालाई जिम्मा दिइएको जानकारी दिनुभयो ।