काठमाडौँ, २५ असोज । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज लैनचौरस्थित सहिद स्मारक र टुँडिखेलस्थित सहिदगेट पुगी अमर सहिद र प्रजातान्त्रिक आन्दोलनका ज्ञात÷अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
शपथग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सहिदको सम्मानका लागि ती स्थान पुग्नुभएको थियो । सो अवसरमा सेनाको एक टुकडीले सैनिक गारद अर्पण गरेको थियो ।
प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कमल थापा पनि पुग्नुभएको थियो । रासस












प्रतिक्रिया