५ कार्तिक २०८३, बिहिबार

किन डराए नरेन्द्र मोदी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra_Modiकाठमाडौं । बिहार बिधानसभाको चुनावमा एकातिर लालु यादव, नीतिशकुमार र कांग्रेस छन्, अर्कातिर भारतीय जनता पार्टी, रामविलाश पासवान र जितनराम माझी छन् ।

भारतकै पिछडिएको राज्यमध्ये पर्ने बिहारमा चरम गरिबीका कारण जातीयताको राजनीतिको बोलवाला छ । बिहारमा पिछडिएका जातिको बहुमत छ, तर राज्यको संशाधन, राजनीति र अर्थव्यवस्थामा माथिल्लो जातिको एकाधिकार रहेको छ । बिहारको सामन्ती व्यवस्थालाई पहिलोपटक लालुप्रसाद यादवले पहिलोपटक राजनीतिक रुपमा चुनौति दिएका थिए ।

उनले मुख्यमन्त्रीका रुपमा सामाजिक परिवर्तनको एउटा नयाँ राजनीतिको सुरुवात गरे र आवाजविहीनलाई आवाज दिए । लालु–रावडीको १५ वर्ष लामो शासनकालमा पिछडिएका जाति मूलधारको राजनीतिमा आउन सफल भए ।   यही आन्दोलनबाट उदाएका नीतिश कुमारले अत्यन्त गरिबलाई माथि मात्र ल्याएनन्, उनीहरुलाई विभिन्न स्थानमा स्थापित समेत गरे । लालु र नीतिशकुमार यो समय एकै मञ्चमा छन् । अर्कातिर प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार चुनावमा जित्न पूरै बल प्रयोग गरेका छन् ।

भारतीय इतिहासमा प्रान्तीय चुनावको प्रचारमा प्रधानमन्त्रीले ४० पटकभन्दा बढी सम्बोधन गरेको यो पहिलो अवसर हो ।   मोदीका सबैमन्त्री, भाजपाका ५० भन्दा बढी सांसद् र आरएसएसका हजारौं कार्यकर्ता बिहारको चुनावी मैदानमा दिनरात सक्रिय छन् । मोदीले बिहार चुनावलाई आफ्नै प्रतिस्पर्धा बनाइदिएका छन् ।

आखिर बिहार चुनाव मोदीका लागि यति धेरै महत्त्वपूर्ण किन भयो रु बिहार चुनाव खासमा मोदीको होइन, लालु र नीतिशका लागि अस्तित्वको लडाइँ बनेको छ । यो चुनावमा लालु र नीतिशको महागठबन्धनले हार्यो भने उनीहरुको सामाजिक परिवर्तन आन्दोलनलाई ठूलो झट्का लाग्नेछ । त्यसपछि यी दुवै दलको भविष्यको कुनै ग्यारेन्टी हुनेछैन ।

भाजपाको जित भए मोदीको शक्ति निकै बढ्नेछ र उत्तर प्रदेशमा चुनाव जित्नका लागि यो सहज हुनेछ ।   व्यक्तित रुपमा पार्टीभित्र रहेका आफ्ना विरोधीलाई समाप्त पार्ने हतियार हो यो । र, यसपछि उनी कसैको हस्तक्षेपविना आफ्नो एजेण्डामा अघि बढ्न सक्नेछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।