काठमाडौं, २५ असोज । सानो आकारको मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।
अहिले केही समयपछि काठमाडौंमा बस्ने बैठकमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल हुनेछ ।
स्रोतका अनुसार अहिलेसम्म मन्त्री बन्नेहरूमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेल रहनुभएको छ ।
उहाँहरूलाई विनाविभागीय मन्त्रीका रुपमा शपथ दिलाउने बुझिएको छ ।
त्यसै गरी अन्य गठबन्धनका दलहरूसँग पदबाँडफाँटका विषयमा कसरी अगाडि जानेबारेमा पनि छलफल हुनेछ ।












प्रतिक्रिया