५ कार्तिक २०८३, बिहिबार

भारतलाई चुनौति दिन १२ कम्पनी मैदानमा देखिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-main2काठमाडौं, २५ असोज । नेपाल आयल निगमले इन्धन आपूर्ति गर्न आशयपत्रको सूचना प्रकाशित गरेपछि ढुवानीका लागि १२ वटा कम्पनीले दर्ता गरेका छन् ।

दर्ता गराएकामा स्वदेशीसँगै विदेशी कम्पनी पनि रहेको कान्तिपुर दैनिकले छापेको छ ।

ढुवानीका लागि चासो देखाउनेमा अधिकांश कार्गो सर्भिस र पेट्रोलियमसँग जोडिएका कम्पनीहरु रहेको निगमले जनाएको छ ।

ढुवानी आशयत्रि जारी गरेपछि विभिन्न कम्पनीले चासो देखाएका थिए, निगमका प्रवक्ता दीपक बरालले भने, चासो देखाएकामध्ये १२ वटा कम्पनीले दर्ता गराएका छन् ।