५ कार्तिक २०८३, बिहिबार

कोइरालाले ओलीलाई तत्काल नछाड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baluwatarकाठमाडौं, २५ असोज । कोइरालाले एक–दुई दिनमा बालुवाटार छाड्ने निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले सरकारी निवास बालुवाटार छाड्न एक–दुई दिन लाग्ने भएको छ ।

कोइरालाले बालुवाटार छाडेपछि मात्रै नवनिर्वाचित प्रधानमन्त्री ओली सरकारी निवासमा सर्नेछन् ।

कोइराला सकेसम्म चाँडै बालुवाटार छाड्ने तयारीमा रहेको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘सामानहरू मिलाउन र अन्यत्र बस्ने ठाउँको व्यवस्थापन गर्न पनि एक–दुई दिन लाग्न सक्छ,’ अधिकारीले भने, ‘तर, सकेसम्म चाँडै बालुवाटार छाड्ने तयारीमा हुनुुहुन्छ ।’

यसैबीच, केही मन्त्रालयले मन्त्रीलाई कार्यक्रम गरेर आइतबार बिदाइ गरेका छन् । गृह मन्त्रालयले उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको बिदाइ गरेको थियो ।

वन तथा भूसंरक्षण मन्त्रालयले पनि एक कार्यक्रमबीच मन्त्री महेश आचार्यको बिदाइ गरेको थियो ।

मन्त्रालयहरूले पुराना मन्त्रीलाई बिदाइ गरेर नयाँ मन्त्रीको स्वागतको तयारीसमेत थालेका छन् ।