काठमाडौं, २४ असोज । नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छिमेकी देशका प्रमुखले फोन गरेका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेका छन् । मोदीले फोनबाट नेपालको प्रधानमन्त्री निर्वाचित भएकोमा ओलीलाई बधाई दिए ।
एमाले सचिव प्रदीप ज्ञवालीले मोदीले टेलिफोन गरेर ओलीलाई बधाई दिएको बताए । फोन वार्तामा मोदीले अब दुई देशको सम्बन्ध सुधार गरी अगाडि बढ्नुपर्ने बताएको सचिव ज्ञवालीले जानकारी दिए ।
यसैबीच चिनियाँ राजदूत ऊ चुन्ताईले एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेर ओलीलाई बधाई दिएका छन् ।












प्रतिक्रिया