२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी ओलीले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-pm-sansadकाठमाडौं, २४ असोज । नवनिर्वाचित प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आइतबार व्यवस्थापिका संसदबाट बहुमतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले सबैसँग सहकार्य गरी राष्ट्रिय एकतामा एकढिक्का भएर देश विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले सबैको अधिकार प्राप्तिका लागि आफूले विशेष पहल गर्ने जनाउनुभयो । उहाँले भन्नुभयो– मधेसी थारु र जनजातिका माग मेरो प्रमुख दायित्वभित्र पर्न आउँछ ।’ अब देशमा सबैले बराबर अधिकार पाउने नवनिर्वाचित प्रधानमन्त्रीको ओलीको दाबी छ ।

शान्ति सुव्यवस्था कायम गर्ने र रचनात्मक कामलाई प्राथमिकता दिने उहाँको प्रतिबद्धता छ । आफूलाई मत दिने तथा समर्थन गर्ने सबैलाई धन्यवाद समेत उहाँले दिनुभयो ।