काठमाडौंं, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनमा बहुमतसहित ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
उनले ३३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । मतदानमा ५८७ सभासद सहभागी भएका थिए । कोइराला ८९ मतले पराजित भएका छन् ।












प्रतिक्रिया