काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार सुशील कोइरालाले दलहरुबीच भएको १६ बुँदेमा कसैलाई पनि प्रधानमन्त्री बनाउने सहमति नभएको दाबी गर्नुभएको छ ।
संसदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै कोइरालाले १६ बुँदे गर्दा कुनै भद्र सहमति नभएको दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो– ‘त्यस्तो कुनै सहमति भएको छैन । हुँदै नभएको कुरा भएको छ भनेर गुमाराहमा राख्नु भएन् ।’ साथै उहाँले मुलुकलाई एकताबद्ध बनाएर लैजान आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
तराई मधेसको समस्यालाई समाधान गर्न अन्तिम क्षणसम्म प्रयास गरेको र अब पनि मधेसको मुद्दाप्रति संवेदनशिल हुनुपर्नेमा जोड दिँदै कोइरालाले समाधान खोज्न सबै पक्ष लचिलो हुनुपर्ने धारणा राख्नुभयो ।
प्रजातन्त्रमा निर्वाचन प्रतिस्पर्धा स्वभाविक प्रक्रिया भएको बताउँदै आफूले हारे पनि ओलीलाई सघाउने र जिते पनि ओलीको साथ लिने कोइरालाको भनाई थियो ।












प्रतिक्रिया