२२ कार्तिक २०८३, आइतबार

ओलीका भोट संसदबाटै गायब, को-कोले छाडे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौं, २४ असोज । नयाँ प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई समर्थन गरेका केही सभासद संसदबाटै गायब भएका छन् ।

उनीहरुले एमालेको समर्थन फिर्ता लिएर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीका अर्का उम्मेदवार सुशील कोइरालालाई भोट हाल्ने निर्णय समेत गरेका छन् । यसरी समर्थन फिर्ता लिने साना पार्टीका तीन सभासद रहेका छन् ।

खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद रामकुमार राई, नेपाली जनता दलका सभासद हरिचरण साह र दलित जनजाति पार्टी नेपालका सभासद यशोदा कुमारी लामाले एमालेले आफूहरुलाई स्थान नदिएको भन्दै क्याम्प परिवर्तन गरेको प्रतिक्रिया दिएका छन् ।