काठमाडौं, २४ असोज । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीय सरकार गठनका लागि गरिएको ‘भद्र सहमति’ तोडेर कांग्रेस नराम्रोसँग चुकेको बताउनुभएको छ ।
संसद्को बैठकमा केपी ओलीको प्रधानमन्त्रीमा उम्मेदवारीको प्रस्तावको रुपमा बोल्दै प्रचण्डले १६ बुँदे सहमति गर्ने क्रममा संविधान बनेपछि एमालेको नेतृत्वमा सरकार बनाउने सहमति भएको बताउँदै भने- ‘तर कांग्रेसले त्यो सहमति तोडेर सुशील कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेस यसपटक नराम्रोसँग चुक्यो ।’
सुशील कोइरालाले आफै सहमति गरेर अहिले फेरि प्रधानमन्त्रीको उम्मेदवार बन्दा आफूलाई दुःख लागेको प्रचण्डको भनाई थियो । भावुक मुद्रामा उहाँले भन्नुभयो- ‘हामी चुक्यौं । कांग्रेस नराम्रोसँग चुक्यो । मलाई दुःख छ ।’












प्रतिक्रिया