काठमाडौं, २४ असोज । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति एवं अर्का उम्मेदवार सुशील कोइरालालाई आग्रह गर्नुभएको छ ।
आइतबार प्रधानमन्त्री चयन गर्न बसेको व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले समर्थन गरेको गुण सम्झेर उम्मेदवारी फिर्ता कोइरालालाई आग्रह गर्नुभएको हो ।
ओलीले राजनीतिमा प्रतिवद्धता र कबुलहरुको धेरै ठूलो महत्व हुने भन्दै कांग्रेसको ध्यानाकर्षण गराउनुभयो । उहाँले कांग्रेस नेतृत्वको सरकार गठनका क्रममा र १६ बुँदे सहमति गर्दा भएको सहमति सम्झाउँदै भन्नुभयो– ‘हाम्रो समर्थनमा कांग्रेसले सरकार बनायो । हामीले सँगै रहेर संविधान बनायौं । सुशील कोइरालाको नेतृत्वगमा सरकार बनाउँदा गत वर्ष म समर्थक बसेको थिएँ । आज कांग्रेस प्रस्तावक र समर्थक नहुँदा खल्लो महसुस भएको छ । सुशीलजीले पनि उम्मेदवारी दिएको सुनेको छु, कृपया फिर्ता लिएर सहयोग गरिदिनुस् ।’












प्रतिक्रिया