१ कार्तिक २०८३, शनिबार

सभासद् किन्न भारतबाट रातारात डेढ अर्ब रुपैयाँ काठमाडौ आयो, सांसद किनबेचको खेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flagकाठमाडौं, २३ असोज । शनिबार भारतबाट झण्डै डेढ अर्ब रुपैयाँ काठमाडौं आइपुगेको छ ।

भारतको चेन्नाईबाट नेपालस्थित राजधानी काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासको खातामा ९३ करोड भन्दा बढी भारतीय रुपैयाँ आएको स्रोतबाट जानकारी प्राप्त भएको छ ।

आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनलाई सांसद खरिद गर्न र केपी ओलीलाई हराउन भारतले गोप्य रुपमा रातारात नेपाल पैसा पठाएको उच्च स्रोतले जानकारी दिएको हो ।

उक्त रकम चेन्नाईबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारी (Turai murgan) को नाममा SBI बैङ्कको (A/C number- 77008903617) मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको स्रोतले जनाएको छ ।

दूतावासले बार्गेनिङमा रहेका केही सभासदलाई पैसा बाँडिरहेको बुझिएको छ ।