काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले इन्धन आपूर्ति गर्न बिहीबार गरेको ग्लोवल टेन्डरका लागि दोस्रो दिनसम्म ५ वटा कम्पनीको प्रस्ताव परेका छन् ।
सरकारको निर्देशन अनुसार बिहीबार आयलन निगमले तीनदिने टेन्डरको आह्वान गरेको थियो । शनिबार टेण्डरको अन्तिम दिन हो । आयम निगम स्रोतका अनुसार सिंगापुर, यूएइ, शारजाह, दुवइलगायतका स्थानबाट इन्धन आपूर्ति गर्न ५ संस्थाले प्रस्ताव गरेका हुन् । अन्तिम दिन थप प्रस्ताव पर्ने अनुमान गरिएको छ ।
भारतले नाकाबन्दी गरेपछि इन्धन लगायतका पेट्रोलियम पदार्थको आपूर्ति ठप्प भई जनजीवन नै प्रभावित भएका बेला सरकारले भारतीय कम्पनी आइओसीको एकाधिकार तोड्दै १५ दिनका लागि इन्धन ल्याउन ग्लोबल टेण्डर हालेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
















प्रतिक्रिया