५ कार्तिक २०८३, बिहिबार

सरकारले मलेसिया र कवेतमा रहेका नेपाली कामदारको उद्धार गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malesiyaकाठमाडौं, २३ असोज । वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले मलेसिया र कुवेतको डिटेन्सन क्याम्पमा रहेका नेपाली कामदारलाई उद्धारका लागि रकम पठाउने भएको छ ।

मलेसियाबाट दुई सय एक जना कामदार र कुवेतबाट १४ जना महिला कामदारलाई उद्धार गरी नेपाल ल्याउनका लागि बोर्डले रकम पठाउने निर्णय गरेको छ ।

मलेसियामा विभिन्न आरोपमा जेल परेका र गैरकानुनी हैसियतमा रहेका नेपालीलाई घरफिर्ती केन्द्रमा राख्ने गरिन्छ । नयाँ पत्रिकामा समचार छ ।

केन्द्रमा करिब सात सय नेपाली भए पनि तत्काल दुई सय एक जनालाई उद्धार गर्न बोर्डले २० लाख रुपैयाँ पठाउने निर्णय गरेको हो ।