५ कार्तिक २०८३, बिहिबार

सरकारमा भारतको प्रभाव, नाकाबन्दी शब्द उच्चारण भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-rayकाठमाडौं, २३ असोज । नाकाबन्दीको १८ दिनपछि र नयाँ सरकार चुनिन ४८ घन्टामात्र बाँकी रहँदा सरकारले नाकाबन्दी हटाउन भारतसँग संवाद गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

वार्ता टोली गठन भएलत्तै मन्त्री पाण्डेले काठमाडौंस्थित भारतीय राजदूत रन्जित रेसँग भेटेर नाकाबन्दी भन्ने शब्द उच्चारणै नगरी नाकाबन्दी हटाउन पहल गर्न आग्रह गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

भारतलाई थप नचिड्याउने रणनीतिअनुसार मन्त्री पाण्डेले राजदूतसँगको भेटमा नाकाबन्दी शब्द उच्चारण गरेनन् ।