५ कार्तिक २०८३, बिहिबार

भारतसँगको तेल सम्झौता खारेज, अब चीनतिर जोड्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil Nepal Tankarकाठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्न ४० वर्षअघि भारतको इन्डियन आयल कर्पोरेसन आइओसीसँग गरेको सम्झौता बिहीबार खारेज भएको छ ।
करिव २ महिनादेखि जारी मधेस आन्दोलनले नाकामा असुरक्षा निहुँ झिक्दै आइओसीले नियमित आपूर्ति रोकेपछि निगम बैकल्पिक व्यवस्था निम्ति यस्तो रणनीति लिन बाध्य भएको हो ।
नेपाल र भारत दुई देशका सरकारी कम्पनीबीच भएको सम्झौता भएकाले निगम आफैँले खारेज गर्न सक्छ ।
उक्त सम्झौताअनुसार आइओसीले निगमलाई आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ निर्वाधरुपमा उपलब्ध गराउनुपर्छ । तर, नेपालमा नयाँ संविधान जारी भएको विषयलाई लिएर बखेडा झिक्दै भारतले दुई सातादेखि अघोषित नाकाबन्दी लगाएको छ । अाजकाे नागरिक दैनिकमा खबर छ