काठमाडौं । कांग्रेस सभापति सुशील कोइरालालले प्रष्ट रुपमा प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । तर, दाबी गरेका एमाले अध्यक्ष केपी ओलीलाई पनि खुलेर रुचाएका छैनन् । आफ्नै पार्टीका नेताद्धय शेरबहादुर देउवा र रामचन्द्र पौडेललालाई पनि उनले रुचाएका छैनन् । सुशीलले ओली नरुचाउनका कारण यस्ता छन् ।१. आफ्नो पाला बनेको संविधान सफल होस् भन्ने कोइरालाको चाहना छ । यसका लागि उनी मधेसलाई मिलाउन चाहन्छन् । तर, ओली प्रधानमन्त्री भए मधेसमा वितण्डा मच्चिन्छ । र, संविधान असफल हुन्छ भन्ने उनको डर छ ।
२. भारतले गरेको नाकाबन्दीलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय मुद्दा बनाएको छैन । त्यसो गर्दा सम्बन्ध झन् जटिल हुन्छ भन्ने कोइरालाको विश्वास छ । तर, अहिले केपी ओली प्रधानमन्त्री भए जनताले दुस्ख पाउाछन् भन्ने कांग्रेस केन्द्रीय सदस्यहरूको भनाइमा कोइराला पनि सहमत छन् ।
३. निकट भविष्यमा स्थानीय निकायको चुनाव हुने भनिएको छ । तर, सरकारको नेतृत्व एमालेले पाए ०५४ मा जस्तै साधनस्रोतमा एकलौटी गरेर कांग्रेसलाई ध्वस्त बनाउाछ भन्ने डर सुशील कोइरालालाई छ ।
४. केपी ओलीसाग सुशीलको व्यक्तिगत सम्बन्ध अत्यन्तै बिग्रिएको छ । केही बैठकमा ओलीले आफूलाई अपमान गरेको उनको बुझाइ छ । अहिले किन टीकापुर जानुपरेको भन्दै ओलीले प्रधानमन्त्रीलाई हप्काएका थिए । ओलीको यस्तो शैलीबाट कोइरालाको मनमा इगो उत्पन्न भएको छ ।
५. ओलीको विरोध गर्न कांग्रेसभित्र अहिले सजिलो पनि छ । देउवा र रामचन्द्र पौडेल पनि यही चाहन्छन् । त्यसैले ओलीलाई समर्थन नगर्ने विषय कांग्रेसभित्र लोकप्रिय हुन्छ र निर्णय गराउन सजिलो हुन्छ भन्ने कोइरालाले बुझेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।















प्रतिक्रिया