५ कार्तिक २०८३, बिहिबार

भारतीय राजदूतको कडा चेतावनी, ‘विकल्पमा तेल ल्याउँदा भारतभन्दा अरुसँग नल्याउनु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-ray-Indianकाठमाडौं, २१ असोज । अघोषित नाकाबन्दी गर्दै दुई सातादेखि अत्यावश्यक इन्धन ठप्प पार्दै आएको भारतले वैकल्पिक मार्गका रुपमा हवाईजहाजबाट इन्धन ल्याउन सुझाव दिएको छ ।

वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा भारतीय राजदूत रणजीत रायले वैकल्पिक उपायका रुपमा यस्तो सुझाव दिएका हुन् ।

रायले वैकल्पिक मार्ग भन्दै भारतबाटै हवाईजहाजमा पेट्रोल, डिजेललगायतका इन्धन ल्याउन सकिनेबारे भारतीय आयल कर्पोरेसनसँग कुरा गर्न सुझाव दिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेपालले भने सडक मार्गको सुरक्षामा कुनै समस्या नभएकाले पूर्ववत रुपमै इन्धनको सहजताका लागि पहल गरिदिन राजदूत रायलाई भनेको छ ।

विभिन्न देशबाट हवाईमार्ग हुँदै इन्धन ल्याउन आयल निगमले पनि पक्रिया सुरु गरेको छ ।