५ कार्तिक २०८३, बिहिबार

चीनले आफ्ना राजदूत चुन्ताईलाई किन फिर्ता बोलायो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U-Chuntai-Chinaकाठमाडौं, २१ असोज । अमेरिकी र बेलायती राजदूत फेरिए लगत्तै चीनले पनि नेपालमा नयाँ राजदूत पठाउने प्रक्रिया अगाडि बढाएको छ ।

नेपालमा नयाँ सरकार बने लगत्तै ऊ चुन्ताईलाई फिर्ता गरी नयाँ राजदूत पठाउने तयारी विदेश मन्त्रालयमा भइरहेको समाचार नागरिक दैनिकले छापेको छ ।

नयाँ राजदूतको नाम टुङ्गो लागिसकेको छैन तर दक्षिण एसिया मामिलामा अनुभवी कुटनीतिज्ञलाई काठमाडौँ पठाइने सम्भावना बढी रहेको बेइजिङस्थित स्रोतले जनायो ।

वर्तमान राजदूत चुन्ताई नेपालमा नयाँ सरकार गठन भए लगत्तै वा कम्तिमा दुई महिनाभित्र बेइजिङ फर्कने तयारीमा छन् ।

चीनको विदेश मन्त्रालय अन्तर्गत बाह्य सुरक्षा मामिला विभागको उपनिर्देशक रहेका चुन्ताई जनवरी २०१३ मा नेपालको राजदूत नियुक्त भएका थिए ।