१ कार्तिक २०८३, शनिबार

भारतको नाकाबन्दीलाई चुनौति दिँदै तातोपानी नाकाबाट ठूला सवारी चल्न सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tatopani Nakaचौतारा, २० असोज । भूकम्पपछि विभिन्न ठाउँमा झरेको पहिरोले अवरुद्ध बाह्रविसे–तातोपानी सडकखण्डमा आजदेखि ठूला गाडी सञ्चालन हुन थालेका छन् ।

सडक डिभिजन कार्यालय चरिकोटको प्रयासमा २६ किलोमिटर लामो सो खण्डमा गत शुक्रबारदेखि खुलाइएको ट्रयाकलाई सुधार गरी यात्रु बस तथा कन्टेनर भ्यानसमेत सहजरुपमा मितेरी पुलसम्म ल्याउन थालेको इन्जिनियर रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

अहिले राजमार्ग मर्मतका लागि ब्रोकर, डोजर, स्काभेटर र लोडरसहित १० वटा मेसिनरी औजार प्रयोग भइरहेको र ठूलो ब्रेकर हेभी इक्यूपमेन्ट डिभिजनमा माग गरिएको उहाँले जानकारी दिनुभयो ।

सो सडकका लागि बजेटको अभाव भएकाले माथिल्लो निकायसम्म बजेट माग गरिएको डिभिजन इन्जिनियर रामहरि पोखरलले जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै भूकम्पका कारण विस्थापित भन्सार, अध्यागमनलगायतका कार्यालय सञ्चालनमा आएका छन् ।

अन्यत्र गएका स्थानीय जनता पनि फर्किसकेकाले चहलपहलमा वृद्धि हुन थालेको स्थानीय व्यापारी कामी शेर्पाले बताउनुभयो ।  रासस