१ कार्तिक २०८३, शनिबार

टान नयाँ कार्यसमितिका लागि संयुक्त व्यावसायिक समूहको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandra-rijal (3)काठमाडौँ, २० असोज । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमितिका लागि संयुक्त व्यावसायिक समूहले उम्मेदवारी घोषणा गरेको छ ।

सो समूहका तर्फबाट चन्द्रप्रसाद रिजाल नेतृत्वको समूहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा टानको ३९आँैं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि पदाधिकारी र सदस्यसहित १७ पदमा उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

सो समूहको अध्यक्षमा रिजाल, वरिष्ठ उपाध्यक्ष पदमामा टासी लाक्पा शेर्पा, प्रथम उपाध्यक्षमा तेजबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रामप्रसाद सापकोटा, महासचिवमा कर्णबहादुर लामा, सचिवमा मुक्ति पाण्डे, कोषाध्यक्ष सोनाम ग्लाल्जेन शेर्पा, कृष्णमान श्रेष्ठ तथा सदस्यमा रुद्रजङ अधिकारी, तारानाथ लामिछाने, सूर्यबहादुर घिमिरे, देवी पाण्डे, डम्बरबहादुर अघिकारी, वासुदेव लम्साल, वाङ्छु शेर्पा, सरिता लामा र ङावा ङिमा शेर्पा रहनुभएको छ ।

अध्यक्ष पदका प्रत्यासि रिजाल नेकपा (एमाले) निकट राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका अध्यक्षसमेत हुनुहुन्छ । पत्रकार सम्मेलनमा जारी सो समूहको ३१ बुँदे प्रतिबद्धतापत्रमा भूकम्पपछिको पर्यटन प्रवद्र्धन गरी मुलुकको आर्थिक समृृद्धिको लक्ष्य प्राप्तिका लागि विशेष रणनीति ल्याइने, टान नेतृत्वलाई पूर्णतया पर्वतीय पदयात्रा र पर्वतारोहण व्यवसायसँग सम्बन्धित समस्याको समाधान गरी व्यावसायिक नेतृत्वको विकास गर्ने रहेका छन् ।
यसैगरी पर्यटन क्षेत्रमा मजदुरको समस्याको दीर्घकालीन समाधान खोज्ने, पर्यटकीय गन्तव्यको पहिचान तथा विस्तार गर्नेलगायत कार्यक्रमलाई जोड दिइएको छ ।
सो अवसरमा अध्यक्षका प्रत्यासी रिजालले सुदृढ व्यावसायिक एकतालाई ध्यान दिई सुमधुर र व्यावसायिक वातावरण कायम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन क्षेत्रको अग्रणी संस्था टानमा लोकतान्त्रिक पद्धति मिचेर वर्तमान कार्यसमितिले विभिन्न वहानामा निर्वाचन गर्न नदिने अलोकतान्त्रिक गतिविधि बढाएको आरोप लगाउनुभयो ।
टानको नयाँ कार्यसमितिको निर्वाचनका लागि यही २८ गते निर्वाचन हुँदैछ । रासस