५ कार्तिक २०८३, बिहिबार

कहाँबाट आयो भारतलाई फाष्ट ट्रयाक दिने कुरा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fast Trackकाठमाडौं, २० असोज । भारतीय कम्पनीसँग सम्झौताको तयारी गरिएको काठमाडौं तराई मधेस द्रुतमार्गबारे ३ दलबीच समझदारी जुट्न सकेन ।

कांग्रेस, एमाले र एमाओवादीबीच समझदारी जुट्न नसकेपछि तत्कालका लागि भारतको इन्फ्रास्टक्चर लिजिङ एण्ड फाइनान्ससियल सर्भिस लिमिटेडसँगको सम्झौता प्रक्रिया रोकिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सरकारले सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बैठक राखेको थियो ।

बैठकमा एमाले उपाध्यक्ष भीम रावलका अनुसार तत्काल प्रक्रिया अघि नबढाउने विषयमा प्रधानमन्त्री कोइराला सहमत भएका छन् ।